आमा बन्दै प्रियंका



चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् ।

शुक्रवार सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै कार्कीले आमा बन्न लागेको जानकारी दिएकी हुन् । अभिनेता समेत रहेका श्रीमान आयुष्मान देसराज जोशीसँगको तस्वीर सेयर गर्दै कार्कीले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं, सोध्न बन्द गर्नुस् ।’

विवाह बन्धनमा बाँधिएको एक वर्षपछि प्रियंका र आयुष्मान अभिभावक बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्