राष्ट्रपति भण्डारीद्धारा मेलम्ची खानेपानी वितरणको शुभारम्भ



 

न्युज अफ नेपाल , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन् । भृकुटीमण्डमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको शुभारम्भ गरेकी हुन् ।

भृकुटीमण्डपमा निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी छिन् ।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा निर्माण गरिएको छ । सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्