रु रु जलविद्युतको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने



काठमाडौं । रुरु जलविद्युत लिमिटेडले आज चैत २० गते शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ गरेको हो।

कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ। धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्