प्रधानमन्त्री कार्यालयमा अब गृह मन्त्रालय सर्ने तयारी



न्युज अफ नेपाल काठमाडौं ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय रहेको भवनमा बैशाख १ गतेदेखि गृहमन्त्रालय सर्ने भएको छ। गृहमन्त्रालय सर्न लागेको भवनको आज शुक्रबार गृहमन्त्री रामबहादुर थापाले निरीक्षण गरेका छन्।

भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो। हाल गृहमन्त्रालय रहेको केही भवनहरु पुननिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ।प्रधानमन्त्री कार्यालया पहिलेकै भवनमा सरेपछि खालि भएको सो कार्यालयमा गृहमन्त्रालय सर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्