ओरेक ३०औं बर्षमा प्रवेश



सरस्वती विश्वकर्मा, काठमडौं ।

महिला पुनस्थापना केन्द्र (ओरेक) ले ३० औं जन्मोत्सवको अवसरमा बानेश्वरस्थित अपर्ण बैंक्वेटमा विद्यमान लैगिंक भूमिका र मानसिक स्वास्थ्यको सवालमा विषयक छलफल सम्पन्न गरेको छ ।

२०४७ साल चैत्र १९ गते स्थापना भएको यस संस्थाको मुख्य उदेश्य भनेको समानतामा आधारित देश, बेचबिखन मुक्त समाज, मानसिक तथा शारीरिक रुपमा स्वस्थ्य व्यक्तिहरु रहेको समाजको सपनालाई मूर्त रुप दिन रहेको छ । आफूलाई महिलावादी संस्थाको रुपमा नेपालभर स्थापित गर्न सफल ओरेक महिलावादी मूल्य, मान्यता तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ ।

यो सहकार्यमा महिलावादी मान्यता, सिद्धान्त तथा महिलावादी नेतृत्वको स्थापना, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि संस्थाले सहजीकरण तथा नेतृत्वदायी भूमिका खेल्दै आइरहेकोमा यसलाई निरन्तरता दिँदै अभियानरत रहने प्रतिवद्धता समेत जानएको छ । महिला स्वास्थ र लैगिंक हिंसाविरुद्ध काम गर्दै आइरहेकोे यस संस्थाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको विषम पस्थितिमा पनि मानसिक रुपमा कमजोर भएका महिला, बालबालिका, किशोर, किशोरी, अपांगता भएका व्यक्तिहरु र वृद्धवृद्धाहरु त्यसमा पनि मजदुरी गरेर जीवन गुजारा गर्ने समुदायलाई लगातार परामर्शका सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै संस्थाले लैङ्गिक विभेदमा आधारित हिंसाका प्रभावितलाई दिइरहेको सुरक्षाबासका सेवालाई समेत निरन्तरता दिँदै आएको छ । ओरेक संस्थाका यस कार्यक्रममा भूमि व्यवस्था ,सहकारी तथा गरिवी निवारण मन्त्रि शिवमाया तुम्बाहाङफे, प्राध्यापक डा सरोजप्रसाद ओझा, त्रिवि मनोवैज्ञान संकायकी गंगा पाठक, यवा अनसन्धानकर्ता ज्योतिका रिमाल, कुसुम शाक्य, ओरेककी अध्यक्षलगाएत विभिन्न संस्थाका इक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्