राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त



न्युज अफ नेपाल , काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले वन क्षेत्रका विज्ञ तपौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा। सुस्मिता ढकाल, शशी शर्मा र भेषराजलाइ विकास समिति सदस्यको रुपमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि राष्ट्रपति राम वरण यादवको पालादेखि सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्