म्यानमार नरसंहारको विरोधमा यूएनको कार्यालय अगाडि प्रदर्शन



न्युज अफ नेपाल, काठमाडौं । ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि म्यानमारमा भएको नरसंहारको विरोधमा प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा शुक्रबार बिहान यूएनको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर, नागरिक शासन बहाली गर, शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर लगायतका नारा लेखिएको व्याना र तथा प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्