डिस होमको बैंकक जाने योजना



काठमाडौं, (नेस) ।

डिसहोमले विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना शुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो । यस योजनाले हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई जोडीले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागिता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ । साथै ई–वालेट एप्स् र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि ग्राहक यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।

लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकको सेटअप बक्समा भएको क्यास आईडीको आधारमा गरिनेछ । लक्की ड्रको शुरुआत चैत २६ गतेदेखि हुनेछ भने डिस होमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिसहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । सक्रिय ग्राहकहरुले आफ्नो नजिकैको डिसहोम डिलर वा डिसहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्