११ करोडको पहिरन चोरी



चर्चित अमेरिकी गायिका वियोन्सेको घरमा चोरी भएको छ। वियोन्सेको लस एन्जलस्थित घरमा रहेका तीनवटा स्टोरबाट ११ करोड रुपियाँ बराबरको ≈यान्डब्याग तथा लुगा चोरी भएको टीएमजेड डट कमले जनाएको छ।

वियोन्यसेको घरमा यस महिना भएको यो दोस्रो चोरीको घटना हो। लस एन्जलसस्थित उनको घरमा रहेका तीन स्टोररुममा वियोन्सेले प्रयोग गर्ने महँगा–महँगा कपडा ≈याडब्यागलगायतका सामग्रीहरु राखिएका थिए। प्रहरीले यस ममालामा अध्यन गरिरहेको समाचारमा जनाइएको छ। वियोन्सेलाई विलासी जीवनशैलीको सौखिन सेलिब्रेटीमध्ये एक मानिन्छ। वियोन्सेले हालै मात्र ४ वटा ग्रामी अवार्ड जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्