अब दैनिक २० केजी सुन ल्याउन पाइने, व्यवसायी अझै असन्तुष्ट



काठमाडौं : नेपालमा आयात हुने सुनको कोटा बढेर दैनिक २० केजी पुगेको छ । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकोमा नेपाल राष्ट्र बैंकले बढाएर दैनिक २० केजी सुन आयात गर्न सकिने व्यवस्था गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायीहरूले हालको निर्धारित कोटाले सुनले बजारको माग धान्न नसकेको भन्दै राष्ट्र बैंकलाई कोटा बढाउन आग्रह गर्दै आएका थिए । व्यवसायीहरूको सो मागलाई धान्न राष्ट्र बैंकले सुनको कोटा बढाएर २० किलो पुर्याएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौ्रडेलले परिपत्र जारी गरेका छन् ।

बजारको माग दैनिक ३० केजी भएपनि बढेको कोटाले मात्र बजार धान्न नसक्ने अवस्था रहेको व्यवसायीहरुकाे भनाइ छ ।यस अघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २०  केजी सुन आयात गर्न पाइन्थ्यो ।  काेराेना महामारीका कारण लकडाउन भएपछि चैत १९ गतेदेखि राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति घट्न सक्ने भन्दै राष्ट्र बैंकले सुनको कोटा घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्