गणेशमान सिंह स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने



काठमाडौं । गणेशमान सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आगामी चैतमा आयोजना हुने भएको छ । आयोजक ललितपुर स्पोर्ट्स क्लब र ताम्रकार समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २० देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ । प्रतियोगितामा विजेयी हुनेले यामाहा सलुटो मोटरसाइकल प्राप्त गर्ने छन् ।

भने उपविजेताले ६० हजार, तेस्रोले ३० र चौंथोले २५ हजार पाउने छन् ।सातौं चरणको स्विस लिगबाट सेमिफाइनलमा चार खेलाडी प्रवेश गर्ने छन् । बाँकी खेलाडीले स्विस लिग अनुसार नवौं चरणसम्म खेल्नु पर्नेछ । लिगको विजेताले २५ हजार, उपविजेताले १५ र तेस्रोले १० हजार पाउने छन् । चौंथो देल्ही १५ सम्मले पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नेपालका उच्च रेटेड खेलाडी रुपेश जैशवाल, पूर्व च्याम्पियनहरु बद्रीलाल नेपाली, नविन तण्डुकार, सुरबीर लामा, पुन्यमान कर्माचार्य लगायत १ सय ५० खेलाडीको सहभागिता रहने छन् ।
उपत्यका बाहिरका खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्