माओवादी केन्द्रको स्थायी कमिटी बैंठक बस्दै



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा माओवादी केन्द्रले स्थायी कमिटिको बैठक आज बस्दै छ। बैठक ९ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न लागिएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जनाकारी दिइन्। आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा अविश्वासको प्रस्ताव दर्ता गर्ने लगायतका विषयमा छलफलका एजेण्डा रहेको भुसालको भनाइ छ।

गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका थिए। बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने बताएका थिए।

माओवादी केन्द्रले सरकारको विरोध गर्ने गरेको तर समर्थन फिर्ता नलिएर दोहोरो चरित्र देखाएको आरोप लगाउँदै आएका छन् । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारको माओवादीले विरोध गर्दै आए पनि समर्थन भने फिर्ता लिएको छैन्। माओवादीले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्ने र विश्वासको मत लिनुपर्ने अवस्था आउछ ।

प्रतिक्रिया दिनुहोस्