हुन्डाई नयाँ वर्ष २०७८ योजना सार्वजनिक



काठमाडौं, (नेस)

हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँ वर्ष योजना ‘यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिनेछ ।

यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्र्याच कार्ड मार्फत २० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस तथा एक वर्षको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनले विश्वभरि करोडांै ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्