मनसँग मनमा पुष्प र वर्षाको रोमान्स



रभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्म मनसँग मनको रिलिज डेट पोस्टपोन्ड गरिएको छ। कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न आग्रह गरिसकेको अवस्थालाई हेरेर चैत २७ गतेलाई रिलिज डेट तोकिएको फिल्मको रिलिज हाललाई स्थगित गरिएको यसको निर्माण समूहले जानकारी गराएको छ। सरकारले हलमा लागू गरेको ५० प्रतिशत अकुपेन्सी हटाएको छैन।

फिल्मको रिलिज डेट सारिए पनि यसको फस्टलुक भने सार्वजनिक गरिएको छ। फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। फिल्ममा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ। साथमा, फिल्मको एक गीतमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन्।फिल्म कैलाश राइको निर्देशन र अरूण तामाङको लगानीमा निर्माण भएको हो। फिल्ममा अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको एक्सन, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्