हराएका बालिकाको उद्धार हुन सकेन



महोत्तरी, (नेस)

महोत्तरीको भंगाहा नगरपालिका–८ धर्मपुरबाट हराएका ७ बालिका र एक किशोरी भारतको सीतामढीमा फेला परे पनि उनीहरुको उद्धार हुन सकेको छैन ।
मानव तस्करको समूहले ती बालिकालाई भारत पु¥याएको आशंका नेपाली अधिकारीले गरेका छन् । भारतको सीतामढीमा भारतीय सीमा सुरक्षा बलले उनीहरुलाई रेलवे स्टेसनमा फेला पारेपछि नेपाली सुरक्षा अधिकारीलाई खबर गरेका थिए ।

भारतमा भेटिएका ती बालिकालाई नेपाल ल्याउन सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको नेतृत्वमा नेपाली सुरक्षाकर्मी सीतामढी पुगेको भए पनि भारतीय पक्षले उनीहरुलाई नेपाल फर्काउन ढिलाइ गरेको एक नेपाली सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।बेपत्ता हुनेमा अस्मिता पासवान, नगिना पासवान, रिया पासवान, अर्चना पासवान, ज्योति पासवान, रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरु मंगलबार दिउँसो १ बजे घाँस काट्न गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास शुरु भएको थियो ।मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सीमावर्ती भारतीय जिल्ला सीतामढीको सुरसन गाउँमा पु¥याएको आशंका ग

रिएको सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश छिन्नमत्ता वाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक सीपी गौतमले जानकारी दिनुभयो । उहाँले नेपाली सुरक्षा निकायको टोली भारत पुगेकाले आज बिहीबारसम्म उनीहरुलाई नेपाल ल्याइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्