राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुखको सहयोग



काठमाडौं, (नेस)

प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रकम डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ ।बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब सहयोग गर्नुभएको हो ।

प्रदेश प्रमुख डा. अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गर्नुका साथै छलफल समेत गर्नुभएको छ । उहाँले महावीर पुनलाई प्रदेश २ मा पनि आविष्कार केन्द्रको स्थापनाका लागि प्रस्तावसमेत गरेका पूर्वसचिव भीम उपाध्यायले जानकारी दिनुभयो ।उपाध्यायको पहलमा प्रदेश प्रमुख डा. अहिराजले सो सहयोग गर्नुभएको हो । आविष्कार केन्द्रका सञ्चालक पुनले प्रदेश २ मा पनि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको आवश्यक रहेको बताउनुभयो ।

पूर्वसचिव उपाध्यायका अनुसार प्रदेश प्रमुख डा. अहिराजले प्रदेश २ मा आविष्कार केन्द्र स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो । जग्गा उपलब्ध गराउनेदेखि सरकारसँग बजेटका लागि पनि पहल गर्ने आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्