चक्रपथ सरसफाइका प्रमुख कुँवर सम्मानित



काठमाडौं, (नेस)  ।

रिपोर्टर्स क्लब नेपालले आफ्नोे २३औं वाषिकोत्सवका अवसरमा पत्रकारलगायत विभिन्न क्षेत्रका समाजसेवीलाई पुरस्कृत गरेको छ । सो पुरस्कार पाउनेमा चक्रपथ सरसफाइका संयोजक ताराबहादुर कुँवर पनि थिए । समाजसेवी ताराबहादुर कुँवरले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार ग्रहण गर्दा भेट गर्नुभएको छ ।

आकस्मिक भेटमा कुँवरले ओलीलाई पुरानो सम्बन्धबारे स्मरण गराउनुभएको थियो । प्रधानमन्त्री ओलीलाई २०५२ सालमा पाटनबाट बानेश्वर डेरा सर्दा सार्ने सौभाग्य आफूले पाएको कुँवरले स्मरण गराउनुभएको थियो । ओलीको बालकोट घर बनाउने क्रममा पनि कुँवरले रोडा, ढुंगा, बालुवा सप्लाई गर्नुभएको थियो । छोटो भेटमा नै आफूले प्रधानमन्त्रीलाई सबै कुरा भन्न भ्याएको उहाँले बताउनुभयो । ६–७ वर्ष दशैंमा अभिभावक सम्झेर टीका थापेको कुँवरले बताउनुभयो ।राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथ सरसफाइ अभियानको संयोजकसमेत रहेका कुँवरलाई सम्मान गर्नुभएको हो ।

वातावरण संरक्षण, मानवीय परोपकार र पूर्वाधार विकासमा पु¥याएको योगदानको प्रधानमन्त्री ओलीले उच्च प्रशंसा गर्नुभएको थियो ।हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनमा २ हजारभन्दा बढीलाई राहतस्वरुप चामल, दाल, आलु, तेल, नुनलगायतका सामग्री वितरण गर्नुभएको थियो ।उहाँले केही दिन रक्तदान गरी संकलित रगत नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराउनुभएको थियो । विभिन्न ठाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर पनि चलाएरका कुँवरले आगलागीबाट विस्थापित भएका चितवनको माडीस्थित सिसौंखोला जंगलमा बस्दै आएका चेपाङलाई बस्ती निर्माणका लागि ४१ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएर पनि आफ्नो समाजसेवाको छाप छोडेका थिए ।

कुँवर समाजसेवाका लागि सधैं आफ्नो तर्फबाट योगदान दिइरहेको बताउनुहुन्छ । ‘म समाजबाट टाढा जान सक्दिन, जे सकिन्छ त्यो सहयोग गरेको छु’, उहाँले भन्नुभयो– ‘एक दिन मरेर जाने जुनी हो, बाँचुञ्जेल केही गरियो भने सबैले सधैं सम्झन्छन् भन्ने लाग्छ ।’ उनले आफ्नो व्यवसायबाट आएको रकमलाई समाजसेवामा लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्