पहिलो पटक महिला सैनिकलाई आफ्नै अन्डरवियर लगाउन अनुमति



जेनेभा, (एजेन्सी)

स्विजरल्यान्डले आफ्ना महिला सैनिक सदस्यहरुलाई पहिलो पटक महिलाहरुकै अन्डरवियर लगाउने अनुमति दिने भएको छ । स्थानिय संचार माध्यमका अनुसार महिलाहरुलाई सेनामा भर्ती हुन आकर्षित गराउने उद्देश्यले यो कदम चालिएको हो । अहिले सम्म चल्दै आएको प्रणाली अनुसार पोशाक मापदण्डले सेनामा भर्ती हुने पुरुष तथा महिलालाई पुरुषकै अन्डरवियर मात्र उपलब्ध गराउँदै आएको हो ।

आगामी महिना देखि परिक्षणका लागि सेनामा महिलाहरुलाई गर्मी र जाडो मौसममा लगाउने दुइ फरक जोडी अन्डरवियरहरु प्रदान गरिने भएको छ । स्विजरल्यान्डको सेनाको कूल संख्याको एक् प्रतिशत मात्र महिला सेना रहेको छ । तर सरकारले आगामी सन् २०३० सम्ममा यो संख्यालाई दस प्रतिशत बनाउने लक्ष लिएको छ ।

स्विस नेसनल काउन्सिलका सदस्य मारियान्ने बाइन्डर भन्छिन् , ‘ महिलाहरुलाई जति धेरै उपयुक्त अन्डरवियर वितरण गरिन्छन् उति नै धेरै महिलाले सेनामा भर्ति हुन आवेदन दिनेछन् । हुन त लुगाफाटा पुरुषका लागि डिजाइन गरिन्छन् , तर महिला सेना पनि चाहिन्छ भने सोही बमोजिम काम गरिनु पर्दछ । ’

अहिले सम्म महिला सेना पुरुषहरुलाई बनाइएका खुकुला अन्डरवियर लगाउन बाध्य छन् । त्यस्ता अन्डरवियर पक्कै पनि असजिलो हुने गरेको छ । सैनिक प्रवक्रा क्याज – गन्नार सिभर्टले स्विस न्युज वेवसाइट वाटसनलाई भनेका छन् , ‘ सेनाले जारी गर्ने लुगाफाटा अन्य वस्तुहरु पुरानो जमानाको भइसकेको छ । कम्व्याट लुगा , प्रोटेक्टिभ भेस्ट र ब्याकपयक लगायत धेरै कुरामा परिवर्तन ल्याइने भएको छ । ’ स्विस रक्षा मन्त्री भायोला एमहर्डले पनि नयाा परिर्वतनको स्वागत गरेका छन् । अहिलेको स्विास सैनिक पोशाक १९८० दशकको मध्य तिर पहिलो पटक लागु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्