मेयर कपको उपाधि मिक्वाखोलालाई



दिलकुमार लिम्बु, ताप्लेजुङ

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगितामा पाथीभरा याङवरकलाई ३–१ सेटले पछि पार्दै मिक्वाखोला गाउँपालिकाले उपाधि हात पारेको छ ।

आइतबार सम्पन्न भएको फाइनल खेलमा मिक्वाखोलाले पहिलो सेट २५–१८ मा जितेको थियो । दोस्रो सेटमा पाथीभरा याङवरयकले २५–१३ मा जितेर सेट १–१ बराबरीमा ल्याएको थियो । त्यसपछि मिक्वाखोलाले लगातार दुई सेट २५–२२ र २५–२३ मा जितेर मेयर रनिङ कप हात पार्न सफल भयो ।विजेता टिमले २ लाख २१ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता टिमले १ लाख ११ हजार १ सय नगद पुरस्कार हासिल ग¥यो । त्यस्तै, प्रतियोगितामा तृतीय भएको सिरिजङ्घा गाउँपालिका र चौथो हुने टिम सिदिङवा गाउँपालिकाले समान ३३ हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्