एनबी बैंकले अनलाइन कार्ड ल्यायो



काठमाडौं, (नेस)

नेपाल बंगलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्डबाट ग्राहकले भारत बाहेकका मुलुकबाट नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी वर्गका लागि विदेशबाट मगाइने आई २० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ । सामाजिक सञ्जालमार्फत् आफनो व्यवसाय प्रवद्र्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्