सविताले ढाँटे मरिजाम सार्वजनिक



गायकगायिका एचबी सुनार र मञ्जु उपासनाको स्वरमा नयाँ गीत ढाँटे मरिजाम सार्वजनिक भएको छ। मञ्जरी म्युजिकको युट्युब च्यानलबाट म्युजिक भिडियोसहित सार्वजनिक भएको गीतमा शब्द पत्रकार सविता पोखरेलले लेखेकी छन्। गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका छन्।

म्युजिक भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अञ्जु सुनारको अभिनय रहेको छ। कपिल कार्कीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियो बालकुमार मगरले छायांकन तथा सम्पादन गरेका छन्। भिडियोको कोरियोग्राफी भने सुनीलकुमार मगरको रहेको छ।गायनमा पाइला चाल्दै गर्दा आफ्नै संगीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरू दिँदै आएका गायिका मञ्जु उपासना र एचीबी सुनारको स्वरमा थुप्रै गीत बजारमा आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्