प्रशान्त र लिभा मिस्टर र मिस थारू



तवनमा सम्पन्न तेस्रो संस्करणको मिस थारू–२०२१ को उपाधि लिभा चौधरी थारूले चुमेकी छिन्। खैरहनीमा सम्पन्न अन्तिम स्पर्धामा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि चुमेकी हुन्। प्रतियोगिताकी मुख्य निर्णायक मिस नेपाल वल्र्ड–२०१९ अनुश्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला? जुन चाहिँ आफू र परिवारमा ल्याउनुभएको छ, जुन सम्झिँदा यहाँ गर्व गर्नुहुन्छ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन्। उनलाई दोस्रो संस्करणकी मिस थारू आकृति चौधरीले ताज पहराइदिइन्।

प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फस्ट र सुनसरीकै लक्ष्मी चौधरी सेकेन्ड रनर्सअप भइन्। त्यसै गरी, नेहा चौधरी बेस्ट फोटोजेनिक, प्रतिभा चौधरी बेस्ट ट्यालेन्ट, सोनु चौधरी बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ, लिभा चौधरी थारू बेस्ट डिसिपिलिन, प्रतिभा चौधरी बेस्ट वाक तथा श्रुति गच्छार पब्लिक च्वाइस र बेस्ट पर्सानालिटी अवार्ड विजेता भए।यस्तै तेस्रो संस्करणको मिस्टर थारू–२०२१ को उपाधि प्रशान्त हुजदारले जिते। १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन्। अनुश्काले सोधेको ‘महिलाहरूले विभिन्न समस्या र चुनौती भोग्न बाध्य भइरहेका बेला पुरुषहरूले कस्ता समस्या र चुनौतीको सामना गर्नुपरेको छ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै प्रशान्तले उपाधि जितेका हुन्।

सप्तरी निवासी प्रशान्तलाई मिस्टर थारू–२०१८ का विजेता रविन चौधरीले ढाका टोपी पहिराइदिए। यस्तै पर्साका रवि चौधरी फस्ट र मोरङका आसकुमार चौधरी सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा विजय चौधरी बेस्ट फोटोजेनिक, प्रशान्त हुजदार बेस्ट ट्यालेन्ट, हरेन्द्रकुमार चौधरी बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ, कमलकुमार चौधरी बेस्ट डिसिपिलिन, अविनाश महतो बेस्ट वाक, भागवती चौधरी पब्लिक च्वाइस र सिद्धान्त चौधरी बेस्ट पर्सानालिटि अवार्ड विजेता भए। प्रतियोगिताका विजेताले नगद ५० हजार, फस्ट रनर्सअपले ३० र सेकेन्ड रनर्सअपले २० हजार रुपियाँका साथमा विभिन्न उपहार प्राप्त गरे। विगतमा काठमाडौंमा हुँदै आइरहेको प्रतियोगिताको अन्तिम स्पर्धा यसपटक राजधानीबाहिर पहिलोपटक गरिएको हो। जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एन्ड मिस थारू आयोजना गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्