सरकारी निर्देशनको अटेर विद्यालय कतै खुला, कतै खोल्न आग्रह



हेटौंडा, (नेस) ।

चार दिन विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्देशन मकवानपुरका संस्थागत विद्यालयहरुले मानेका छैनन्। उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्रका संस्थागत विद्यालय बन्द भएका छैनन् भने हेटौंडाका विद्यालय खुला राख्न प्याब्सनले पत्रै पठाएको छ। थाहानगरमा १० वटा संस्थागत विद्यालय छन्।

प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले प्याब्सनले विद्यालय व्यवस्थापन समितिसँग छलफल गरिरहेको जानकारी दिँदै सदस्य विद्यालयसँग आशय बुझेर सकेसम्म कक्षाकोठा बाहिर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरिएको बताउनुभयो। उहाँले भन्नुभयो। सरकारले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेर निर्णय गर्नु राम्रो हो। तर, थाहानगरमा त्यति धेरै प्रभाव छैन, सुरक्षितरुपमा पठनपाठन गराउनेछौं। प्रतिकूल मौसम भए समितिसँग छलफल गरेर अघि बढ्न भनेका छौं।

प्रतिक्रिया दिनुहोस्