संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना हुने



न्युज अफ नेपाल, ललितपुर ।

सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवीत इतिहास बोक्नुभएका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुग्नुभएको थियो ।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायीक विद्यालय खोल्ने तयारी थाल्न र उहाले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताउनुभएको थियो । ‘राष्ट्रपति ज्युले संस्कृतिविद जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको शन्देश लिएर म नेपालका जिवीत इतिहार बोकेका संस्कृविद जोशीको निवासमा आएको हुँ–जोशीको निवासका आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुनेछ, यस्ले उत्कृष्ठ सामुदायीक विद्यालयको सुचीमा पर्नेछ –मन्त्री श्रेष्ठको भनाई थियो । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र एमाले ललितपुर पार्टी अध्यक्ष हरीकृष्ण ब्यञ्जनकार सहित संस्कृतिविद जोशी निवास पुग्नुभएका मन्त्री श्रेष्ठले उहाको स्वाथ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

संस्कृतिविद जोशीले मुलुकलाई दिनुपर्ने सबै कुरा दिइसक्नुभएको छ । अब सरकारले उहाँको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात विद्यालय निर्माण गर्नेछ–मन्त्री श्रेष्ठको भनाई थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन आग्रह गर्नुभएको बताउनुभयो ।

आफ्नो निवास पुग्नुभएका मन्त्री श्रेष्ठ सहितको टोलीलाई अभिवादन गरेर स्वागत गर्दै १ सय १ वर्ष पुरा गर्नुभएका संस्कृतिविद जोशीले आफु स्वाथ्य भएको प्रतिक्रिया दिनुभएको थियो । राष्ट्रप्रमुख एवं राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख एवं प्रधनमन्त्री केपी ओलीको सन्देश लिएर आफ्नो निवासमा आउनु गौरब महशुस भएको प्रतिक्रिया दिदै संस्कृतिविद जोशीले भन्नुभयो–अहिलेसम्म मलाई सरकारले सबै सहयोग गरिसकेको छ ,मेरो नाममा विद्यालय खोल्ने तयारी गर्नु समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महसुस गरेको छु ।

मेरो विषयमा राष्ट्रपति ज्युले सोधनी गर्नु अत्यन्तै खुसीको विषय हो, शिक्षामन्त्री लाई देखाउदै देशकोे शिक्षामन्त्री समेत आएर मेरो स्वाथ्य अवस्था बुझ्ने र मेरो नाममा विद्यालय खोल्ने घोषणा गर्नु महत्वपुर्ण विषय हो यस्ले गर्दा मलाई अति गौरब महसुस भएको छ–जोशीले भन्नुभयो ।

सरकारसंग मेरो कुनै गुनासो छैन, मेरो तस्बीर अंकित हुलाक टिकटमा राष्ट्रपति ज्युले प्रथम टाचा लगाउनु गौरबको विषय हो, ललितपुर महानगरपालिकाको संयोजनमा मेरो तस्बीर अंकित सिक्का बजारमा ल्याउनु महत्वपुर्ण विषय हो । अब मेरो नाममा विद्यालय खोल्ने राष्ट्रपति स्वयंले राख्नु शौभाग्यको विषय हो –संस्कृतिविद जोशीको भनाई थियो ।

आउदो बैशाख ३० गते १ सय २ वर्ष वर्ष पुरा गर्नुहुने संस्कृतिविद जोशी जिवीत अवस्थामै उहाको नाममा विद्यालय स्थापना गर्ने तयारी शुरु गरेको छ । आगामी आबमा बजेट व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी गराउदै मन्त्री श्रेष्ठले भन्नुभयो–उहाको नाममा खुल्ने विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय हुनेछ । मुल ढोकामा उहाको पुर्णकदको प्रतिमा रहनेछ । सुन्दर बगैचाको बिचमा बन्ने विद्यालय दरबार हाइस्कुल जस्तै भब्य हुनेछ ।

मन्त्री श्रेष्ठले त्यसो भनिरहदा सञ्चारकर्मीले जोशीलाइ सोधेका थिए –कहा विद्यालय स्थापना गर्दा राम्रो हुन्छ त ? लगत्तै संस्कृतिविद जोशीले भन्नुभयो–यही स्थानाम स्थापना गर्नुपर्छ भन्ने छैन जहा आवश्यकता परेको छ त्यही स्थानमा बनाउनुस । जुन जिल्लाका विद्यार्थीले पढ्न पाएका छैनन त्यो स्थानमा स्थापना गर्नुस ।
लगत्तै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयले प्रकृया पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

भन्नुभयो–तपाई जिवीत भएकै अवस्थामा मुलुकले सत्यमोहन जोशी माध्यमिक विद्यालय पाउनेछ, यो विद्यालय देशकै नमुनाको हुनेछ । भेटका क्रममा ललितपुर महानगरपालिकाका मेयर महर्जनले राष्ट्रपतिको चाहनाको प्रशंसा गर्दै यस्ले ललितपुर महानगर र ललितपुरवासीले गौरब महसुस गरेको बताउनुभयो ।

भन्नुभयो–मुलुककै गहना संस्कृतिविद जोशीको चाहना पुरा गर्न महानगरले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा एमाले ललितपुर अध्यक्ष ब्यञ्जनकारले संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्न सम्पुर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–उहा मुलुककै गहना हो, उहाको नाममा विद्यालय स्थापना गर्ने राष्ट्रपतिको चाहना महान रहेको छ । उहाले मन्त्री श्रेष्ठले गरेको महत्वपुर्ण कार्यको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्