यस वर्षको ‘मिडिया एक्सिलेन्सि अवार्ड’ पत्रकार रुपा शर्मालाई



न्यूज अफ नेपाल, काठमाडौ ।

पत्रकार रुपा शर्मा यसवर्षको राष्ट्रिय मिडिया एक्सिलेन्सि अवार्डबाट पुरस्कृत भएकि छन् । सिजन मिडियाले प्रदान गरेको सो अवार्ड शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि माननिय कृष्ण गोपाल श्रेष्ठले प्रदान गर्नुभएको हो ।

पत्रकार शर्मा विगत १९ वर्षदेखि पत्रकारीतामा सक्यि छिन् । उनी काठमाडौ महानरपालिकाद्धारा संचालित मेट्रो एफएममा समाचार सम्पादक तथा कार्यक्रम निर्माता र संचालकका रुपमा कार्यरत रहेकि छन् भने नेपाल टेलिभिजनबाट हरेक सोमवार दिउसो १.२५मा प्रसारण हुने कार्यक्रम आजको चर्चा दर्शकहरुमामm निकै नै चर्चित कार्यक्रम हो ।

सामाजिक रुपान्तरण गरी समतामुलक समाजको निर्माणका लागि शर्माले संचालन गर्ने रेडियो र टेलिभिजन कार्यक्रम कोशेढुङ्गा सावित भएको छ । सामाजिक सरोकारका विभिन्न विषयहरुमा नितिगत रुपमा परिवर्तन गर्नको लागि सरकारका उच्च तहमा रहेका मन्त्रि तथा सचिवहरुलाई स्टुडियोमा नै बोलाएर बहस गर्ने कार्यक्रम आजको चर्चाले कानुनी शासन, पारदर्शिता र जवाफदेहि सरकारको निर्माण गरी विधिको शासन स्थापित गर्नको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ ।

सामाजिक रुपान्तरणलाई हरेक मानिसको दैनिकीसंग जोडेर त्यसलाई नीतिगत र कानुनी रुपमा कसरी सम्वोधन गर्न सकिन्छ भनि त्यसमा बहस पैरवी गर्ने र भएका कानुनलाई संघ प्रदेश र स्थानिय तहसम्म कार्यान्वन गराई सामाजिक न्याय स्थापित गर्ने सवालमा कार्यक्रम आजको चर्चाले बेग्लै पहिचान बनाउन सफल भएको छ ।

शर्माले संचालन गर्ने कार्यक्रम आजको चर्चाले सरकारलाई जिम्मेवार बन्न घच्घच्याउने मात्र गरेको छैन यसले राज्यसंचालनको लागि आवश्यक योजना तर्जुमा गर्नको लागि राष्ट्रिय योजना आयोगलाई समेत सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम संचालन गर्दै आएको छ भने मुलुक संघिय संरचना गएपछि राज्यलाई आवश्यक पर्ने कानुन निर्माणमा समेत दिशा निर्देश गरेको छ ।

पत्रकारिताको हरेक विधामा उत्तिकै सक्रिय शर्माले महिला बालबालिका तथा सिमान्तकृत समुदायको हकअधिकार स्थापित गर्ने सवालमा पनि उत्तिकै सक्रिय छन् । दिगो विकासका लागि संचार माध्यमको परिचालन नेपाल संस्थाका अध्यक्ष तथा मानव अधिकार संचार प्रतिष्ठान ईह्रिकनका महासचिव समेत हुन् ।

यसैगरी शर्माले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको हक अधिकार स्थापित गर्ने सवालमा पत्रकारीताको माध्यमबाट वकालत समेत गनरेकी थिईन । अहिले संविधानमा पनि सामाजिक न्यायको हक अन्र्तगतक लैगिंक तथा यौनिक अल्पसंख्यकलाई समानुपातिक समावेशि सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक प्रदान गरिएको छ ।

पत्रकार शर्मा कोरीयामा रहेको एसियन वुमन व्रिज नामक संस्थाको जेन्डर एक्सपर्टको रुपमा कार्यरत रहेकि छन् भने उनले लैगिंकता र महिला अधिकारका सवालमा तालिम समेत प्रदान गर्ने गर्छिन् ।

पछिल्लो समय शर्मा कोरोना संक्रमण र यसले आम मानिसमा पारेको मानसिक असरलाई कम गराउनको लागि नृत्यको माध्यमबाट उत्प्रेरणा जगाउन उनि देशव्यापि अभियानमा जुटेकि छन् । सो अभियान अन्र्तगत विभिन्न संस्थाका आश्रयस्थलमा बसेका बेचविखनमा परि उद्धार गरिएका , यौन दुव्र्यसनमा परेका किशोर किशोरी , आमा वुवा , भुकम्पका कारण घरबार विहिन बनेका बालबालिका तथा सिमान्तकृत समुदायहरुको मानसिकता विचलनलाई कम गर्नको लागि योग तथा विभिन्न उत्प्रेरणादायि कार्यक्रममा पनि सक्रृय छिन् ।

प्रतिक्रिया दिनुहोस्