सर्वोच्चको फैसलाविरूद्ध पुनरावलोकन दिन सर्वोच्च जाँदै प्रचण्ड



न्युज अफ नेपाल काठमाडौं ।

सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पुनरावलोकन दिने भएका छन्। सर्वोच्चमा पुनरावलोकन दिन उनी मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्