सल्यानमा करिब १५ हजार नागरिक खानेपानीको पहुच बाहिर



सल्यान ,नेपाल समाचारपत्र ।

सल्यानमा करिब १५ हजार नागरिक खानेपानिको पहुच बाहिर रहेका छन । हरेक नागरीकको घरमा स्वच्छ खानेपानि पुर्‍याउने सरकारको लक्ष्य रहेको भएपनि सल्यानमा अझै पनि १५ हजार नागरिक पुर्ण रुपमा खानेपानि बाट बंचित भएको खानेपानि सिचाई तथा उर्जा बिकास कार्यलय सल्यानले जनाएको छ । कार्यलयका अनुसार १५ हजार उपभोक्ता पुर्ण रुपमा खानेपानि बाट बंचित छन भने५१ हजार भन्दा बढि आंशिक रुपमा सुद्ध पानि पिउनबाट बंचित भएका छन ।

पहाडी इलाका र सुख्खा डाडापाखा भएका कारण पानिको मुहान सुक्दै जानु र डाडापाखाका बस्तिमा खानेपानि पुर्‍याउन कठिन भएका कारण ५१ हजार नागरिक खानेपानि बाट वञ्चित भएको कार्यलयका प्रमुख पदमरान देबकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिले सम्म ५८ प्रतिशत उपभोक्ताले मात्र स्वच्छ पानि पिउन पाएका छन । बाँकी  ४२ प्रतिशत नागरिक खानेपानिको पहुच बाहिर रहेका छन ।छरिएर रहेका बस्तीमा खानेपानिको स्रोत नभएकाले बिकल्पको रुपमा अहिले धमाधम लिफ्ट प्रविधि मार्मत खानेपानि पु¥याउन पहल भैरहेको उहाँले बताउनु भयो । २०६८ सालको जनगणनाअनुसार सल्यानमा करिब २ लाख ४४ हजार जनसंख्या मध्य ५८ प्रतिशत नागरिकले मात्र स्वच्छ खानेपानी प्राप्त गरेका छन । खानेपानी व्यवस्थापन गर्न बजेट कम भएकाले कतिपय आयोजना समयमै सम्पन्न हुन नसक्ने र सबै नागरिकको पहुँचमा खानेपानी पुर्‍याउन कठिन भएको उहाँले बताउनु भयो । यसबर्ष जिल्लामा ४२ वटा खानेपानिका योजना मध्य ७ वटा योजना सम्पन्न भैसकका छन ।

बाँकी ३५ वटा योजना निर्माणाधिन अवस्थामा रहेको र २६ वटा योजना लिफ्ट प्रविधि बाट संचालन गरिरहेको बताउनु भयो । ४ वटा लिफ्ट प्रविधिका योजना सम्पन्न भैसकेको प्रमुख देबकोटाले बताउनु भयो ।सल्यान जिल्ला बिशेष गरी सुख्खा ग्रस्त क्षेत्र भएको र पानिका मुहानहरु पनि पर्याप्त मात्रामा नभएका कारण अहिले पनि यहाँका नागरिकले कष्टकर जिवन बिताउन बाध्य रहेकोजिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले बताउनु भयो । स्वच्छ पिउने पानि नागरिकको स्वास्थ्य सँग जोडिएको भए पनि स्थानिय तहले भने खानेपानिका योजनाहरुमा खासै ध्यान नदिएको उहाँले बताउनु भयो । स्थानिय तह र प्रदेश तथा संघिय सरकार सँग तालमेल नमिल्दा पनि खानेपानिका योजनाहरुमा काम हुन नसकेको प्रमुख बिष्टले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्