पञ्चकन्या फाउन्डेसन र अजिसबीच सम्झौता



काठमाडौं, नेस ।

पञ्चकन्या ग्रुपअन्तर्गतको पञ्चकन्या फाउन्डेसनले अजिसबीच वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ ।साझेदारीको मुख्य उद्देश्य युवापुस्ता र वृद्धवृद्धाबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पु¥याउनु हो ।

प्रत्येक श्रृङखलाले पाको उमेरका बुढापाकाको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्दछ । यसको प्रत्येक श्रृङखला नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।

यसको विस्तृत जानकारी तथा सहयोगी बन्नको लागि सुन्न र सबस्क्राइब गर्नका लागि अजिस पोडकास्ट एप डाउनलोड गर्नुहोस वा युट्युब, एप्पल पोडकास्ट, स्पोटीफाई, गुगल पोडकास्ट, ट्युनईन, तथा स्टिट्चरमा उपलब्ध रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्