शुक्रबार सम्म त्रिविमा पठनपाठन बन्द , परीक्षा शुरु हुने



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले चैत २० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन रोकिएको हो।

त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना निकालेर पठनपाठन बन्द हुने उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्