निर्देशकलाई सेरनको थप्पड



हलिउड फिल्म उद्योगमा अन्तरंग दृश्यहरू समावेश हुनु सामान्य हो। यस्ता दृश्यका लागि अभिनेत्रीहरू आफैं राजी हुन्छन् भने कतिपय अवस्थामा भने अभिनेत्रीहरूलाई झुक्याएर अन्तरंग दृश्य छायांकन गरिएको घटना बेला–बेलामा आइरहन्छन्।

हलिउडकी चर्चित अभिनेत्री सेरन स्टोनले आफ्नो स्मरण किताब द ब्युटी अफ लिभिङ ट्वाईसमा फिल्म छायांकनका क्रममा आफूलाई झुक्याएर आफ्नो गुप्तांगको छायांकन गरिएको उल्लेख गरेकी छिन्। उनले यो प्रसंग उजागर गरेपछि मानिसहरूलाई अचम्ममा परेका छन्। शेरनले सन् १९९२ मा प्रदर्शित आफ्नो फिल्म बेसिक इस्टिक्टलाई लिएर एक गम्भीर खुलासा गरेकी छिन्। उनले उक्त फिल्मको छायांकनको क्रममा निर्देशक पल वेरहोवेनले झुक्याएर आफ्नो गुप्तांगको छायांकन गरेको आरोप लगाएकी छन्।

‘उक्त फिल्मको छायांकनको क्रममा निर्देशकले मेरो भित्री वस्त्रले लाइटलाई प्रभावित गरेको भनेर भित्री वस्त्र उतार्न भनेका थिए। मैले आफ्नो भित्री वस्त्र उतारें, तर मेरो प्राइभेट पाट्र्स खिचिएको रहेछ भन्ने कुरा मलाई पछि मात्र थाहा भयो।’ –सेरनले पुस्तकमा उल्लेख गरेकी छन्। सेरनले आफूले उक्त कुरा थाहा पाएपछि निकै रिस उठेका कारण निर्देशक पल वेरहोवेनलाई थप्पड हानेको र उक्त मामलामा वकिलको सहारा पनि लिएको बताएकी छिन्। सेरनलाई हलिउड सुपरस्टार बनाएको उक्त फिल्ममा उनी बायोसेक्सुअल किलरको भूमिकामा थिइन्।

उनले फिल्मबाट सफलता हासिल गरे पनि केही अप्ठेरो परिस्थितिको सामनासमेत गर्नुपरेको थियो।सेरनले २०१९ मा बर्लिनमा भएको जीक्यू अवार्डमा पनि यसबारेमा बताएकी थिइन्। सेरनको यो खुलासापछि धेरै हलिउड कलाकारले यस विषयमाथि प्रतिक्रिया दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्