सांगीतिक फिलिङ्सका साथ ईश्वर



गायक ईश्वर मगिया चौधौं एल्बम फिलिङ्सका साथ दर्शक–स्रोतामाझ आएका छन्। एल्बममा तिमीलाई र कोरी सकें गरी दुई पप आधुनिक गीत समावेश छन्।
तिमीलाई बोलको गीतमा ईश्वरका साथ गायिका एलिना चौहानको स्वर छ। उक्त गीतमा रमेश पाठकको शब्द तथा संगीत रहेको छ।

त्यसै गरी कोरिसकें बोलको गीतमा भने ईश्वरलाई गायनमा गायिका मिलन अमात्यले साथ दिएकी छिन्। ईश्वरकै संगीत रहेको गीतमा शब्द रचना भने विपीन किरणले लेखेका छन्। गीतको म्युजिक भिडियोमा कमल सिंह र रविया नगरकोटीको अभिनय रहेको छ। गीतको म्युजिक भिडियो गायक ईश्वरले नै निर्देशन गरेका छन्।लामो सयमदेखि गीत–संगीतको क्षेत्रमा आबद्ध ईश्वरले २०६५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए।

भारतको इलाहवादस्थित प्रयाग संगीत समितिमा संगीत अध्ययन गरेका ईश्वरले यसअघि टच, स्पन्दन, स्पन्दन–२, प्रयास, लालिमा, जुनी जुनी, हंगामा बदनी जस्ता एल्बममार्फत दर्जनांै गीत–संगीत पस्केका छन्। उनको चाहना, एक्लो जीवन, सफलता, तिमीलगायतका एकल एल्बम प्रकाशन भइसकेका छन्। काठमाडौं म्युजिक स्कुलकाको संयोजक रहेका ईश्वर विभिन्न विद्यालयमा संगीत प्रशिक्षण दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्