सौन्दर्य संघमा पुनः कक्षपति



सौन्दर्य प्रतियोगिता संघ नेपालको राजधानीमा सम्पन्न पहिलो र दोस्रो साधारणसभाले संघको तदर्थ समितिका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिलाई नै पुनः निर्वाचित गरेको छ। साधारणसभाले मिस नेपालका आयोजक कक्षपतिको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समितिलाई नै आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो।

संघको उपाध्यक्षमा फुपुतेन्जिङ शेर्पा र रमी श्रेष्ठ, महासचिवमा निसुकान्त झा र कोषाध्यक्षमा बालकृष्ण पोखरेल निर्वाचित भएका छन्। त्यसै गरी, आश्विनीकान्त झा, अनिला श्रेष्ठ, नारायण आचार्य, मञ्जु श्रेष्ठ, शारदा सापकोटा र शारदा थापा कार्यसमिति सदस्य निर्वाचित भएका छन्। साधारणसभामा संघका महासचिव निसुकान्त झाले संघले सौन्दर्य प्रतियोगितासम्बन्धी आचार संहिता तयार गरेको र चाँडै नै लागू गरेर सौन्दर्य प्रतियोगितालाई व्यवस्थित बनाउने बताए।

नेपालमा अढाइ दशकअघि शुरु भएको सौन्दर्य प्रतियोगिता पछिल्लो समय वार्षिकरूपमा २ सय ५० भन्दा बढी हुन थालेपछि संघ स्थापना गरिएको संघका अध्यक्ष कक्षपतिले बताउनुभयोे। नेपालमा एसिड आक्रमणको शिकार भएकाको सम्मानमा चाँडै एक कार्यक्रम गरेर उनीहरूलाई समाजमा बाहिर आउन प्रोत्साहन गर्ने उहाँ बाउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्