माओवादी केन्द्रको प्रदेश १ संसदीय दलको नेतामा आङ्वो



नेपाल समाचारपत्र, विराटनगर

माओवादी केन्द्र प्रदेश १ ले संसदीय दलको नेता चयन गरेको छ। सोमबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्वो लाई संसदीय दलको नेतामा चयन गरेको हो। आध्र्वो प्रदेश १ को पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हुन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि आध्र्वोले पदबाट राजीनामा दिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिनुभएको थियो। माओवादी केन्द्रकी ज्येष्ठ सदस्य शौभाग्यवती राईको अध्यक्षतामा बसेको बैठकले संसदीय दलकोे नेतामा आफूलाई चयन गरेको इन्द्रबहादुर आङ्वोले बताउनुभयो। संसदीय दलका नेता आध्र्वोले प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावका सम्बन्धमा नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको छ।सोमबारै दलका नेता इन्द्रबहादुर आङ्वोको अध्यक्षतामा बसेको दोस्रो बैठकले संसदीय दलको उपनेतामा रामकुमार राई, प्रमुख सचेतक झलकबहादुर मगर र सचेतकमा शौभाग्यवती राईलाई चयन गरेको छ।

उक्त बैठकले माओवादी केन्द्रका संसदीय दलका पूर्वनेता टंक आध्र्बुहाध्र्लाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। आध्र्वोका अनुसार आध्र्वुहाध्रले दल छाडेको भन्ने जवाफ दिए वा कुनै जवाफ नदिएको खण्डमा संसदीय दलको सदस्यबाट हटाउने प्रकृया शुरु गरिनेछ।माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता आध्र्बुहाध्र सर्वोच्च अदालतको आदेशपछि माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्नुभएको थियो। एमालेमा प्रवेश गरेपछि पछिल्लोपटकमुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्दा प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्