अमृता मिस टिन हेटौंडा



हेटौंडा, (नेस)।

हेटौंडामा सम्पन्न मिस टिन हेटौंडा सिजन–२ को ताज अमृता शाह ठकुरीले चुमेकी छन्। उनले १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज चुमेकी हुन्। उसले उपाधि जितेबापत ७० हजार नगदसहित ५१ इञ्चको टिभीलगायत पुरस्कार प्राप्त गरेकी छन्।

प्रतियोगितामा श्रुति केसी फस्ट रनर्सअप भइन् भने आश्मा ढकाल सेकेन्ड रनर्सअप भइन्। फस्ट रनर्सअपले ५० हजार नगद, टिभीलगायतका पुरस्कार तथा सेकेन्ड रनर्सअपले ३० हजार नगद र टिभीसहित पुरस्कार प्राप्त गरिन्।विभिन्न चरणमा गरी प्रतियोगीलाई टप–११ मा छनोट गरेपश्चात् टप–६ छनोट गरी विजेता घोषणा गरिएको थियो। प्रतियोगितामा अमृता शाह ठकुरीले बेस्ट डान्सर र बेस्ट एक्टिङ, टिना श्रेष्ठले मिस बेस्ट ब्युटिफुल, मल्टिमिडिया र पपुलर, आश्मा ढकालले मिस बेस्ट ट्यालेन्ट, पूजा तामाङले मिस बेस्ट स्माइल, नेहा कलवारले मिस बेस्ट पङ्चुअल, कृति सापकोटाले मिस बेस्ट क्याटवाक, सुविज्ञा बानियाँले मिस बेस्ट पोलाइट, सोनी मोक्तानले मिस बेस्ट फ्रेन्ड्ली र बेस्ट ड्रेस, युनिस्मा श्रेष्ठले मिस बेस्ट इन्टरटेनमेन्ट टाइटल जिते।

त्यसै गरी, अंकिता श्रेष्ठले मिस बेस्ट हेयर, श्रुति केसीले मिस बेस्ट पर्सनालिटी, दिव्या अधिकारीले मिस बेस्ट डिसिप्लिन, रचना पौडेलले मिस बेस्ट फिगर, सलिना बानियाँले मिस बेस्ट इनर्जेटिक र फोटोजेनिक, गरिमा श्रेष्ठले मिस बेस्ट लिजेन्ट, गौतम कलवारले मोस्ट सपोर्ट प्यारेन्ट्स्, युनिस्मा श्रेष्ठले अर्गनाइजेसन च्वाइस टाइटल जित्दा श्रुति केसी भ्युअर्स च्वाइस टाइटल जित्न सफल भइनु। पल इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिताा उरुषा जोशी, अमिर गौतम, अंकिता सुमार्गी, मणिराज गौतम, आशिष श्रेष्ठ र गौतम केसी निर्णायक थिए।

प्रतिक्रिया दिनुहोस्