संसदीय दलको बैठक आह्वान अविश्वास प्रस्ताव फिर्ताको दबाब



नेपाल समाचारपत्र, हेटौंडा ।

 लामो समयको समर्थन र विरोधपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलका नेताको हैसियतले बुधबारका लागि संसदीय दलको बैठक आह्वान गर्नुभएको छ।

बुधबार बस्ने बैठकमा आफ्नैै दलका सांसद्हरुले प्रदेश सभामा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिन पौडेलले निर्देशन दिने बताइएको छ। उक्त जानकारी प्रदेशसभा नेकपा सांसदीय दलका मुख्य सचेतक केशव पाण्डेले दिनुभएको हो। एमालेकै माधव पक्षकी सांसद् अष्टलक्ष्मी शाक्यलगायतले अविश्वास प्रस्ताव पेस गर्नुभएको थियो। एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हुँदा एमालेकै नेपाल समूह र माओवादी केन्द्रका ४५ सांसद्ले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसबेला नेपाल समूहकी सांसद् शाक्यलाई संसदीय दलका नेताका रुपमा प्रस्ताव गर्दै पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

मुख्यमन्त्री पौडेलले संसदीय दल बैठक बोलाएपछि बैठकमा सहभागी हुने कि नहुने भन्ने प्रश्नमा माधव समूहकी सांसद् मुनु सिग्देलले भन्नुभयो  किन नजानु नि, आफ्नै पार्टीको बैठकमा म किन नजानु। सर्वोच्चले एमाले एउटै रहेको प्रमाणित गरिसकेपछि बैठकमा सहभागी नहुने कुरै हुँदैन,ु सांसद् सिग्देलले भन्नुभयो। तर, माधव पक्षका सबै २४ सांसद् उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने अन्योलमा छ। नेकपा एमालेका नेता माधव नेपाललाई पार्टी अध्यक्ष केपी ओलीले कारबाही गरेर ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेपछिको राजनीतिक माहोल बैठकमा देखिने अनुमान छ। ञपार्टी हितविपरीत गतिविधि गरेकोु भन्दै नेता नेपाललाई ञकारबाहीु गरिएको हो।

एकल बहुमतमा रहेको दलले बुधबार बैठकमा सरकारमा नयाँ मन्त्रीहरु नियुक्त गर्ने विषयमा पनि छलफल गर्ने बताइएको छ। शालिकराम जम्कद्मेल, अरुण नेपाल र युवराज दुलालले मन्त्रीबाट राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुभएको थियो। उहाँहरुले राजीनामा दिएर रिक्त रहेका मन्त्रालयमा मन्त्रीसहित थप २ गरी पाँच मन्त्री नियुक्त गरिने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्