प्रदेशमा प्रहरीको पोसाक एकै



हेटौंडा, (नेस) । 
सादा पोसाकमा रहेर अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न हुने प्रहरीलाई निश्चित पोसाक र पहिचानसहित खटाइने अवधारणाअनुसार बागमती प्रदेश प्रहरी कार्यालयले अनुसन्धानका सिलसिलामा घटनास्थलमा खटिने प्रहरीले फ्लोरिसेन्ट ज्याकेट र टोपी लगाउने व्यवस्था मिलाएको छ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाअन्तर्गत् मुद्दा चल्ने २१ प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरीले उक्त पोसाक प्रयोग गर्नेछन्। अपराध अनुसन्धान समूह र सम्बन्धित प्रहरी कार्यालयको नाम उल्लेख गरिएको फ्लोरिसेन्ट ज्याकेट र टोपी सोमबारदेखि प्रयोगमा ल्याइएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत् जिल्ला प्रहरी कार्यालय दश र इलाका प्रहरी कार्यालय ११ गरी २१ प्रहरी कार्यालयमा अपराध अनुसन्धान समूहमा कार्यरत प्रहरीले घटनास्थल अनुसन्धानमा खटिँदा उक्त पोसाक प्रयोग गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्