विकट गाउँपालिकाको आफ्नै पाठ्यपुस्तक ‘मेरो राक्सिराङ’



रोशन पराजुली, हेटौंडा । 

काठमाडौं महानगरपालिकाले हालै मात्र स्थानीय नेपाल भाषा र उपत्यकाको कला, संस्कृति, रीतिरिवाजका बारेमा जानकारी दिन भर्खरै मात्र १ देखि १० कक्षासम्म नेपाल भाषाको पाठ्यक्रम समावेश गरेको सन्दर्भमा मकवानपुरको विकट गाउँ राक्सिराध्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको छ।

गाउँका सार्वजनिक महङ्कवका क्षेत्र, स्थानीय क्षेत्रको पीडाका रुपमा रहेको चट्याध्र, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका बारेमा बालबालिकाहøलाई बुझ्न सघाउने उद्देश्यले राक्सिराध्र गाउँपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको हो। मेरो राक्सिराध्रु नामक यो पाठ्यपुस्तकले विद्यार्थीलाई गाउँको पर्यटकीयस्थल, पालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारेको जानकारीसहित हावापानी, कृषि तथा त्यसको सम्भावनाबारे पनि ज्ञान दिने बताइएको छ।गाउँपालिकाका सबै विद्यालयका कक्षा १ देखि ५ कक्षासम्म लागू गर्ने गरी ल्याइएको यो पाठ्यक्रमको खैराध्रको कालिका माध्यामिक विद्यालय, सिलिंगेको राष्टिझय माध्यामिक विद्यालय, सरिखेतको सूर्योदय र चैनपुरको प्रजाकल्याण विद्यालयमा परीक्षणात्मक पढाइ शुरु भइसकेको छ।

अति सीमान्तकृत चेपाध्र समुदायको बाक्लो उपस्थिति रहेकाले स्थानीय पाठ्यक्रममा सीमान्तकृत चेपाध्र समुदायका बारेमा करिब ३५ प्रतिशतभन्दा बढी ज्ञानवद्र्धक सामग्री समेटिएको छ। चेपाध्र जातिले मनाउने चाडपर्व, उनीहरको रहनसहन, भेषभूषा, भाषा, संस्कृतिलगायतका गतिविधिहरु पुस्तकमा समेटिएको छ। राक्सिराध्रको जनसंख्याको करिब ३७ प्रतिशत अल्पसंख्यक चेपाध्र समुदायले ओगटेको छ।केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा राक्सिराध्र गाउँपालिकाले स्थानीय पाठ्यक्रमको अवधारणा ल्याएको हो। गाउँपालिका अध्यक्ष राजकुमार मल्ल स्थानीय आवश्यकताका विषयवस्तु त्यहींका नागरिकको अपनत्व हुने गरी सरोकारवाला निकायका रुपमा पालिकाले स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटी पाठ्यक्रम विकास गरेको बताउनुहुन्छ।

स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, संस्कृति संरक्षण र सम्वद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न यो पाठ्यपुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँ भन्नुहुन्छ+ ञयसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु समावेश छन्। जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सीपको मार्गदर्शन पहिल्याउन सहयोग गर्दछ।ु उहाँ यो पाठ्यपुस्तकलाई शैक्षिक विकेन्द्रीकरणको महङ्कवपूर्ण खुड्किलो बन्ने दाबी पनि गर्नुहुन्छ।जम्मा ९ वटा वडामा करिब ३० हजार ८ सय ३० जनसंख्या रहेको स्थानीय तह राक्सिराध्र गाउँपालिकाको केन्द्र चैनपुर हो। यो गाउँ २२६.७ वर्ग किलोमिटरमा फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्