नेपाल र रावल पार्टी सदस्यबाट निलम्बित



काठमाडौं, (नेस) ।

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाटै निलम्बन गरेको छ।पार्टीले सोधेको स्पष्टीकरण चित्तबुदो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रमार्फत दुवै नेतालाई जानकारी गराउनुभएको छ। यसअघि प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कार्यबाट रुष्ट तत्कालीन नेकपाको माधव नेपाल-प्रचण्ड समूहले माघ ११ गते पार्टीको स्थायी कमिटीको बैठकबाट ओलीलाई पार्टी सदस्यबाट हटाएको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्