भारतीय दुतावासको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न



न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित राजदूतावासले आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताका रुपमा सोनाम वाङचुक र कनकमणि दीक्षित रहेका थिए । कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिएको थियो ।

भने भारतीय स्वतन्त्रताको ७५ औँ वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठकाबारे पनि चर्चा भएको थियो ।

आफ्ना अग्रगामी कार्यबाट लद्दाख लगायत यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक एक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रुपमा परिचित हुन् । त्यस्तै कनकमणि दीक्षित एक सफल लेखक, प्रकाशक तथा सम्पादकका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्