होली खेल्ने क्रममा मारिएका दुई युवा कांग्रेस कार्यकर्ता, घटना नियोजित : शर्मा



न्युज अफ नेपाल, काठमाडौँ ।

होली खेल्ने क्रममा बाग्लुङमा मारिएका दुई जना कांग्रेस कार्यकर्ता रहेको खुलेको छ । घटना नियोजित रुपमा घटाइएको बताउँदै कांग्रेसले निश्पक्ष छानविन गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती जारी गर्दै होली खेल्ने नाममा आफ्ना पार्टीका कार्यकर्ता मारिएको भन्दै निश्पक्ष छानविन गर्न माग गरेका हुन् । आइतबार गुल्मी र प्युठानको सीमाना जोडिएको बाग्लुङ जिल्लाको बल्देधुरीमा भएको घटनामा प्रकाश कुँवर र दीपक नेपालीको मृत्यु भएको थियो । प्रकाश कुँवर नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सदस्य हुन् ।

उनीहरुको शव भीरबाट करिब ४ सय मिटर तल भेटिएको थियो । घटनामा संलग्न दोषीलाई सार्वजनिक गरी कडा कानूनी कारवाही अगाडी बढाउन विज्ञप्तीमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्