सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतको आदेश



न्युज अफ नेपाल काठमाडौं ।

नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ । जनमत पार्टीका प्रमुख समेत रहेका  राउतलाई राज्यविरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन अदालतले सूचना जारी गरेको हो ।

रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन अदालतले आदेश दिएको छ ।

अदालतको आदेश अवज्ञा गरे राउतमाथि कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्