विद्यार्थीलाई जवरजस्ती करणी गर्ने शिक्षक पक्राउ



ललित सिंह बझाङ ।

आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन ।

सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाँउकै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आईतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।चैत्र १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउमा बालीकालाई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफ्न्तले बताएका छन । पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डियसपी रुपक खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्