महासंघको वस्तुगत परिषद् विस्तार



काठमाडौं, नेस  ।

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्को पहिलो बैठकले परिषद्को उपसभापतिहरूमा अरनिको राजभण्डारी, सुनीलगोपाल श्रेष्ठ र सुरेन्द्र भाई शाक्यलाई चयन गरेको छ ।त्यसैगरी परिषद्का सदस्यमा नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाशसिंह कार्की, हेमराज ढकाल, विष्णुप्रसाद गैरे, सन्दिपकुमार अग्रवाल, गोेविन्द ढुंगेल, सुवोध कुमार गुप्ता, आकाश अधिकारी, रामबहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लीलेन्द्रप्रसाद प्रधान र रितेस लामिछाने हुनुहुन्छ ।

परिषद्को विशेष आमन्त्रितहरूमा दीपकप्रसाद दाहाल, शारदा रिजाल, भुपेन्द्रप्रसाद गौतम, अशोक शर्मा, रविन श्रेष्ठ, सूर्यबहादुर मगर, दीपक पाण्डे, दुर्गाविक्रम थापा, गोकुल भण्डारी, कुमार कसजु श्रेष्ठ, मृगेन्द्रमेहर श्रेष्ठ, रवि सिंह, राजकुमार कार्की, सरोजकाजी तुलाधर, शंकर खड्का, श्रीराम अधिकारी, सीताराम रेग्मी, स्वयम्भुकृष्ण श्रेष्ठ, टीकाराम पोखरेल, सुनीलकुमार धानुका वंशल, सुवाष भण्डारी, रामकृष्ण श्रेष्ठ, मनोज अधिकारी, चन्द्रप्रसाद न्यौपाने, श्यामसुन्दर ढकाल, महेन्द्रबहादुर चित्रकार, कमलराज अधिकारी, रामेश्वर शाह, मणिदेव भट्टराई, विष्णुबहादुर कार्की, हरिहर फुयाँल, इन्द्र खनाल र स्वर्णा ताम्राकार हुनुहुन्छ ।

त्यसैगरी अनुपबहादुर मल्ल, विप्लवमान सिंह, राजन शर्मा, शिवप्रसाद घिमिरे, उदय चापागाईं, मोहनकुमार सुनार, रमेशप्रसाद श्रेष्ठ, देवदास मानन्धर, राजेन्द्र घिमिरे, डा। हेमन्त दवाडी र रितेस रिमाल परिषद्मा सल्लाहकारमा मनोनित हुनु भएको छ ।परिषदको पहिलो विस्तारित बैठकमा महासंघका अध्यक्ष शेखर गोल्छाले परिषद्मा विभिन्न जिम्मेवारीमा मनोनित हुनु भएकाहरुलाई महासंघको तर्फबाट पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले वस्तुगत संघहरू महासंघको ‘ब्रेन’ को रुपमा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्