राष्ट्र बैंकले तीनवटा ट्रेजरी बिल बिक्री गर्दै



काठमाडौं, नेस  ।

नेपाल राष्ट्र बैंकले सोमबार विभिन्न तीन प्रकारका ८ अर्ब १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियामार्फत राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । २८ दिने अवधिका लागि ५ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने केन्द्रीय बैंकले जनाएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ ।

त्यस्तै १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।यसैगरी १८२ दिनका लागि ३ अर्ब रुपियाँ बराबरको अर्को बिल पनि केन्द्रीय बैंकले बिक्री गर्न भएकोछ । उक्त बिल आगामी असोज १२ गते परिपक्क हुनेछ । यसअघि बैंकले चैत ९ गते १५ अर्ब ३३ करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्