आर्मीले किर्गिस्तानसँग बराबरी खेल्यो



दशरथ रंगशालामा आइतबार खेलिएको मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यु–२३ टिम र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।
यो समेत गरी लगातार तीन खेल गोलरहित बराबरीमा सकिएको छ ।

यसअघि जारी थ्री नेसन्स कपमा नेपालले यसै प्रतिद्वन्द्वीसँग गोलरहित बराबरी नतिजा आत्मसात गरेको थियो । यस्तै सोही प्रतियोगिताअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको थियो । आइतबार आर्मीले पनि गोल गर्न नसकेपछि दशरथ रंगशालामा गोल हेर्नका लागि गएका दर्शकलाई समेत निराशा हात परेको छ ।

आर्मीले यसै मैदानमा एएफसी कपको प्लेअफ यही चैत २५ गते खेल्दै छ । यसैका लागि आर्मीले किर्गिस्तानको युवा टिमसँग मैत्री खेल खेलेको थियो । तर, राम्रो खेलेको अवस्थामा पनि गोल गर्न अक्षम भएको थियो । नेपालको ‘ए’ डिभिजन क्लब आर्मीले एएफसी कपअन्तर्गत श्रीलंकाको पुलिस क्लबसँग पहिलो प्लेअफ खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्