काठमाडौंमा मेलम्चीको पानी वितरण, कहाँ कुन समयमा आउँछ?(सुचीसहित)



न्युज अफ नेपापल ,काठमाडौं ।

 काठमाडौं उपत्यकामा आईतबारबाट मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ ।

आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको हो । अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले जानकारी दिएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने बताइएको छ ।

तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । त्यस्तै, चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले बताए ।सँगसँगै नयाँ पाइपलाईनको परीक्षण गरी वितरण गरिने भएको छ । मेलम्चीबाट प्राप्त १७ करोड लिटर र काठमाडौँ उपत्यकाको भूमिगत पानी ८ करोड लिटर गरी जम्मा २५ करोड लिटर पानी केयुुकेएलले वितरण गर्ने छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३४ करोड लिटर पानीको माग छ ।

दोस्रो परियोजना अन्तर्गत याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । दोस्रो परियोजना सम्पनन भएपछि काठमडौँ उपत्यकाका घरमा दैनिक ६ घण्टा पानी आउने छ । मेलम्चीको पानी वितरण सुरु भएपछि भूमीगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको छ ।

शुल्क कति लाग्छ ?
अहिले खानेपानीको शुल्क यथावत नै राख्ने लिमिटेडको योजना छ । पहिले पानी दिने लक्ष्य भएको र ग्राहक खुशी बनाएर मात्रै महसुल बढाउन सोच्ने उनले बताए । तोकिएका स्थानमा कुनै घरमा पानी नपुगेमा तत्काल समस्या पत्ता लगाएर समाधानका लागि टोली बनाइएको छ । उनले भने– ‘सम्बन्धित शाखामा सम्पर्क गरेपछि समाधान हुनेछ ।’ यस्तो छ सुचीमा हेर्नुस्

प्रतिक्रिया दिनुहोस्