मरेको चित्तल राखेर राजमार्ग अवरुद्ध



रोशन पराजुली, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका-१० स्थित वन विज्ञान अध्ययन संस्थानको जंगलभित्र संरक्षित एक पोथी चित्तल मृत अवस्थामा फेला परेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु आक्रोशित बनेका छन्।क्याम्पसभित्रका वन्यजन्तरु संरक्षणमा सरोकारवालाले चासो नदेखाएको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीले हेटौंडाको पूव-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। मृत चित्तल सडकमा राखेर क्याम्पस प्रशासनविरुद्ध प्रदर्शन गर्दै उनीहरुले ञक्याम्पस प्रशासन मुर्दावाद, चित्तल-मृग मार्न पाइँदैन, यस्तो प्रशासन चाहिँदैनु भन्ने नारा लगाएका थिए। विद्यार्थीले प्रदर्शन गरेका थिए।

आइतबार बिहान गर्भिणी चित्तल मृत अवस्थामा भेटिएसँगै यो साता मृत फेला परेको चित्तलको संख्या ३ पुगेको छ। संरक्षित क्षेत्रमा लकडाउनयता १६ वटा मृग मृत अवस्थामा भेटिएका छन्।मृत फेला परेको चित्तललाई डिभिजन वन कार्यालयमा बनाइएको छ। डिभिजन वन कार्यालय हेटौंडाका सूचना अधिकारी अच्युत उपाध्याय वनमा कुकुरले लखेट्दै जाँदा मृग मरेको हुनसक्ने बताउनु हुन्छ। ञकारण स्पष्ट देखिन्नु, उहाँले भन्नभयो । काकुरले लखेट्दै जाँदा अत्तालिएर मरेको हुनसक्छ। घाउ, चोट देखिएको छैन। यस्ता जनावर अलि बढी संवेदनशील हुने र घाइते भएपछि बचाउन अलि गाह्रो हुने उपाध्याय बताउनुहुन्छ। राजमार्ग क्षेत्रमा बाक्लो हुस्सु र राजमार्गमा गुड्ने सवारीसाधनको तीव्र गतिले पनि वन्यजन्तुको मृत्यु बढिरहेको छ।

उक्त क्षेत्रमा चित्तल, मृग मरेको यो पहिलो घटना होइन। यस्ता घटना बारम्बार देखिन थालेपछि वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी आक्रोशित बन्न पुगेका हुन्। क्याम्पसको जंगलमा रहेका वन्यजन्तुको संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदा समेत प्रशासन मौन बसेकाले विरोधमा उत्रिन बाध्य भएको विद्यार्थीहरुको भनाइ छ।उनीहरुले क्याम्पस परिसरको खुला क्षेत्र बन्द गरिनुपर्ने, सडक क्षेत्रको भू-भाग कटाएर क्याम्पस परिसरमा पर्खाल लगाउनुपर्ने, वन्यजन्तु संरक्षणको उचित व्यवस्था हुनुपर्ने, क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छाड्न बन्द गर्नुपर्नेलगायत माग राखेका छन्।हेटौंडालाई हरियाली प्रदान गर्ने वन क्याम्पसको वनक्षेत्र र क्याम्पसको परिसरलाई बाहिरी क्रियाकलाप र मानवीय हस्तक्षेपबाट मुक्त राख्न स्थानीय क्याम्पस प्रशासन, हेटौंडा उपमहानगरपालिका, प्रदेश सरकार, वन कार्यालयले बेलैमा विशेष योजना र नीतिसाथ अघि बढ्न आवश्यक देखिए पनि त्यतातिर कसैको ध्यान नगएको विद्यार्थीहरुको आरोप छ। उक्त क्षेत्रमा अब करिब ९० को हाराहारीमा चित्तल छन्। यद्यपी पाठापाठी हरेक सिजनमा थपिने गर्दछ।

डढेलो लागेर वासस्थान नष्ट भएपछि भौंतारिँदै हिँड्ने मृग प्रजातिमा पर्ने यी वन्यजन्तु अन्य वन्यजन्तुहरुभन्दा बढी संकटमा परेको देखिन्छ। मांसाहारीभन्दा शाकाहारी वन्यजन्तु बढी पीडामा परेको देखिन्छ। आहार र बासस्थान दुवै नष्ट हुँदा यी प्राणी र यसको खाद्य शृंखलामा जोडिने अन्य वन्यजन्तु प्रभावित हुने गरेको छ।बारा, पर्सा र मकवानपुरका ६ सय २७ वर्ग किमि भ-भाग निकुञ्जले ओगटेको छ। यातायात आवागमनका दृष्टिले अति व्यस्त राजमार्गको करिब ४५ किलोमिटर सडक निकुञ्ज क्षेत्रभित्र छ। गत वर्ष यही पूर्व-पश्चिम राजमार्ग चित्तल, बँदेल, रतुवा मृग, बाँदरलगायत ३७ वन्यजन्तुुको मृत्युका कारण बन्न पुगेको थियो।वि. सं. २०४० वैशाख ५ गते घोषणा गरिएको ती भू-भागको आरक्षण क्षेत्रलाई २०७४ वैशाख २५ गते राष्टिझय निकुञ्जमा विस्तार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्