मस्त निदाउन नसक्नेलाई कोरोना संक्रमणको खतरा धेरै



लन्डन, (एजेन्सी )

हालै गरिएको स्वास्थ सम्बन्धी एक अध्ययन अनुसार कोभिड १९ र मानिसको निद्राबिच प्रत्यक्ष सम्बन्ध रहेको पाइएको छ । विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको वर्तमान समयमा निन्द्राको समस्याले ४० प्रतिशत मानिसलाई सताएको विशलेषण सो अध्ययनले गरेको छ ।

साथै कोभिड १९ को शिककार हुनेहरु मध्ये अधिकांशमा सुत्ने समस्या भेटिएको छ । त्यसैले सुत्ने काममा गडबडी भएकाहरुलाई कोरोनाको शिकार हुने र तयासको खतरनाक परिणाम भोग्नुपर्ने संभावना निकै धेरै भएको चेतावनी दिइएको छ । राति मस्तसंग निंदाइने प्रत्येक एक घन्टाले संक्रमणबाट छुने संभावना १२ प्रतिशतले कम हुने गरेको अध्ययनले बताएको छ । यो नयाँ तथ्य अनलाइन जर्नल न्युट्रसन प्रिभेन्सन एन्ड हेल्थमा प्रकासित गरिएको हो ।

हुनत लामो समय देखि निद्रा राम्ररी नआउनेहरुलाई व्याक्टेरिया वा भाइरसको सक्रमणको संभावना अन्यलाई भन्दा बढि हुने सर्वविदितै थियो । तर यसपालि बैज्ञानिकहरुले यो वास्तविकता कोरोना भाइरसको विषयमा पनि सत्य छ वा छैन भन्ने जान्न अनुसन्धान गरेका हुन् । सन् २०२० को जुलाई देखि सेप्टेम्वर सम्म फ्रान्स , जर्मनी , इटाली , स्पेन , वेलायत र अमेरिकामा स्वास्थकर्मिहरुमा यस सम्बन्धमा सर्भेक्षण गरिएको थियो । यसमा भाग लिएका करिव २ हजार ८ सय ८४ स्वास्थकर्मि मध्ये ५ सय ६८ जना संक्रमित हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्