धुलिखेल र पनौतीमा नगद १ लाख सहित मजदुरहरु सम्मानित, जेष्ठ र उत्कृष्ट मजदुरलाई हौसला



मोतीराम तिमल्सिना, काभ्रे ।

यातायात क्षेत्रमा सक्रिय भई लामो समय ब्यतित गर्नु भएका यातायात मजदुरहरुलाई जेष्ठ मजदुर सदस्यका रुपमा धुलिखेल र पनौतीमा अलग अलग कार्यक्रमका बीच सम्मान गरिएको छ । साथै सोहि अवसरमा उत्कृष्ट चालक, सहचालक र परिचालकहरुलाई पनि सम्मान गरिएको छ । हरेक वर्ष फागु पुर्णिमाको अवसर पारी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल र पनौती रुट इकाईले सम्मानको कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाईले आयोजना गरेको कार्यक्रममा जेष्ठ यातायात मजदुर सम्मानबाट चार जना, चालक चार र एक परिचालकलाई सम्मान गरिएको धुलिखेल रुट इकाईका अध्यक्ष अर्जुन लामाले बताउनु भयो । ‘हरेक वर्ष आयोजना गरिएको सम्मान कार्यक्रम गत वर्ष कोभिडका कारण स्थगित भएको थियो सोहि वर्षको समेत गरी यो वर्ष चार जना जेष्ठ यातायात मजदुर र उत्कृष्ट चालक र परिचालकलाई सम्मान गरेका हौं’–अध्यक्ष लामाले भन्नुभयो–‘यसले लामो समयसम्म यहि क्षेत्रमा स्थापित गराउने र सुरक्षित रुपमा सवारी चलाउँदा सम्मानबाट हौसला मिल्ने रहेछ । १९ जना जेष्ठ मजदुरहरुलाई नगद १ लाख ५ हजार सहित दोसल्ला र सम्मानपत्रवाट सम्मान गरिसकिएको उहाँले बताउनु भयो । संगठनले चालक सहित उहाँहरुलाई उत्कृष्ट बनाउन सहयोग पु¥याउने उहाँका श्रीमती सहितलार्य सम्मान गरेको थियो ।

संगठनबाट सम्मानित हुनेहरुमा जेष्ठ यातायात मजदुर सम्मानबाट विश्वराम कायष्थलाई एक लाख ६४ हजार रुपियाँले सम्मान गरिएको थियो । सम्मान बापत एक लाख पाँच हजार, बिरामी उपचार खर्च ५० हजार र विरामी राहत नौ हजार गरी एक लाख ६४ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । संगठनले विरामी मजदुरहरुलाई उपचार र थप सहयोग पनि गर्दै आएको छ । त्यस्तै छेयाङ लामा, ज्ञानबहादुर लामा र भुवनदास श्रेष्ठलाई जनही एक लाख पाँच हजार सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा उत्कृष्ट चालक केनाम लामा, नरबहादुर श्रेष्ठ, ज्ञानकाजी श्रेष्ठ र शान्तराम मानन्धर र उत्कृष्ट परिचालक राजकुमार कार्कीलाई नेपाल यातायात मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले सम्मान गर्नुभयो । कार्यक्रममा केन्द्रिय महासचिव नवराज घिमिरे, नेकपा एमाले जिल्ला कमिटी सदस्य केशवमणी पौडेल, गणेश हिमाल तराई यातायात प्रालीका अध्यक्ष आत्मराम थापा, काभ्रे बस प्रालीका सचिव कविर रञ्जित, कोषाध्यक्ष रामसुन्दर श्रेष्ठ, सह सचिव राम बैद्य, हेलम्वु यातायात प्रालीका राजेन्द्र ब्याञ्जु, महिला अधिकारकर्मी निर्मला काफ्ले, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायत संगठनका नेताहरुले मजदुरहरुको हक हितका लागि संगठनले खेलेको भूमिका, राज्यको दायित्व र ब्यवसायीसँगको सहकार्यको विषयमा मन्तब्य राख्नु भएको थियो ।

त्यस्तै फागु पुर्णिमाकै अवसर पारी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट ईकाईले जेष्ठ यातायात मजदुर सम्मान गरेको छ । चालक रामभक्त मास्केलाई नगद एक लाख रुपियाँ सहित सम्मान पत्रले सम्मान गरिएको थियो । ५२ बर्षीय मास्केले ३३ बर्ष देखी यातायात क्षेत्रमा आवद्ध हुनुहुन्छ । त्यस्तै संगठनले उत्कृष्ट चालक सम्मानबाट राजु श्रेष्ठ, रघु तिमल्सिना, विक्रम गिरी, प्रेम बहादुर शेर्पा र राजेन्द्र श्रेष्ठलाई चाँदीको मेडल र सम्मान पत्रले सम्मान गरेको छ ।

सोही अवसरमा सहचालक आशिष श्रेष्ठ, सुरज खत्री र प्रदीप परियारलाई चाँदीको मेडल सहित सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई र संगठनका अध्यक्ष बेदप्रसाद घिमिरेले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा संगठनका नेताहरु, नेकपा काभ्रेका जिल्ला कमिटी सदस्य विदुर खत्री, नेपाल पत्रकार महासंघ काभ्रेका अधयक्ष मोतीराम तिमल्सिना, पनौती प्रहरी चौकीका सई सन्तोष बाँनिया सहितले शुभकामना दिएका थिए । संगठनहरुको भेलाले नयाँ नेतृत्व सर्वसम्वत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्