धम्बोझी राष्ट्रिय लिगका लागि छनौट



बाँके, (नेस) 

धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा शनिबार कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ ।जितसागै धम्बोझीले लिगको शिर्ष–२ मा पर्न सफल हुदैं राष्ट्रिय लिगका लागि छनोट भयो ।

यस लिगको शिर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगमा खेल्न पाउनेछन् ।शनिबार नेपालगन्ज रंगशालामा धम्बोझीको जितमा बिसन गुरुङले ३०औं मिनेटमा, गौरब बुढाथोकीले ४४औं मिनेटमा र निशान लिम्बुले ४८औं मिनेटमा गोल गरेका थिए । लेकालीका संजय धिमालले २४औं मिनेटमा गोल गरे । धम्बोझीका गौरब बुढाथोकी म्यान अफ द म्याच बन्न सफल भए ।धम्बोझीले ६ खेलमा ४ जित र २ हारसहित १२ अंक जोडेको छ । लेकालीले ६ खेलमा ५ हार बेहोरेको छ । लेकाली १ अंक मात्र जोडदै अंक तालिकाको पुछारमा छ ।

एक खेल अगावै सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली १३ अंक सहित लिग च्याम्पियन बनिसकेको छ । गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब ९ अंक सहित तेस्रो स्थानमा छ ।आइतबार लिगको अन्तिम दिन स्टार सिटीले त्रिवेणी युवा क्लबसाग प्रतिस्पर्धा गर्नेछ । त्रिवेणीले उक्त खेल जिते पनि हेड टु हेडका आधारमा धम्बोझी शिर्ष २ मा पर्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्